दाउराले हानेर छिमेकीको हत्या

  • प्रकाशित मितिः कार्तिक, 7, 2075
  • पहिलो किताब संवाददाता

भोजपुर / दाउराको चिर्पट प्रहारबाट भोजपुरको षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ।

पुरानो विवादका कारण स्थानीय पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते राईको सङ्खुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटामा मृत्यु भएको प्रहरीको भनाइ छ।

अभियुक्त मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved