एक किशोरीको घाँटी रेटर हत्या

  • प्रकाशित मितिः फाल्गुन, 4, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / शुक्रबार सल्यानमा एक किशोरीको हत्या भएको छ।

जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १ तल्लो काभ्रा निवासी अन्दाजी १६-१७ बर्षीया कविता बोहराको हत्या भएको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उनको घाँटीको स्वासनली काटेर हत्या भएको जानकारी दिए।

‘अगाडिबाट घाँटी काटेको अवस्थामा उनको शव फेला परेको छ,’ डिएसपी खतिवडाले भने।

अभिभावकले शुक्रबार राति ९ बजेसम्म कविता कोठमा एक्लै पढिरहेकी थिइन। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको देखिन आएको डिएसपी खतिवडाले बताए ।

रातको  एक बजेतिर कविताका भतिजा (बालक) बिरामी भएर वान्ता गर्न थालेपछि  कविताको खोजी सुरु भएको थियो।

‘परिवारका सदस्य कवितालाई उठाउन भनि उनको कोठामा जाँदा नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटर जतिको दुरीमा रहेको गाईवस्तु बाँध्ने भकारो नजिकै मृत अवस्थामा फेला परेको हो,’ खतिवडाले भने ।

घटनावारे अनुसन्धान जारी रहेको डिएसपी खतिवडाले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved