अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु, दुई घाइते

  • प्रकाशित मितिः मंसिर, 24, 2076
  • पहिलो किताब संवाददाता

प्राग / चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

ती दुर्ईको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।  क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले उक्त आक्रमणमा चार जना मारिनुका साथै अन्य दुई गम्भीर घाइते भएको बताए ।

प्रहरीले हाल बेपत्ता रहेका बन्दुकधारीको खोजी गरिरहेको छ ।   रासस/एएफपी



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved