नेपाल कम्युनिष्ट पर्टी (नेकपा)ले उपनिर्वाचनकोलागि दल दर्ता गर्ने

  • प्रकाशित मितिः भदौ, 25, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले भदौ मसान्तभित्र दल दर्ताका लागि पौडेललाई जिम्मेवारी दिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । “दल दर्ता प्रयोजनका लागि महासचिवलाई जिम्मा दिनेबाहेक अरू कार्यसूचीमा प्रवेश भएन,” उनले भने ।

बुधबारको सचिवालय बैठक नियमित बस्ने ठाउँभन्दा फरक ठाउँमा बसेको थियो ।

तेस्रो वरीयताका नेता खनालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र अर्को बैठकले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने जानकारी दिए ।

साढे चार बजेबाट शुरू भएको बैठक करिब ४० मिनेट बसेको थियो ।

नेकपामा केन्द्रीय निकाय (जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्), आयोग (अनुशासन, निर्वाचन, लेखा), महानगर कमिटी र सामाजिक संगठन गठनको काम बाँकी छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved