बुवाले गरे आफ्नै छोरीको घाँटी काटेर हत्या

  • प्रकाशित मितिः असार, 31, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी /भारतको मुम्बईस्थित घाटकोपरक्षेत्रमा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ ।

अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको इच्छाविरुद्ध केही महिनाअघि विवाह गरेकी थिइन् । छोरीले आफूखुशी विवाह गरेपछि क्रुद्ध बनेका पिताले नै छोरीको घाँटी काटेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार मृतक मिनाक्षी चौरसिया चार महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रै पटक हमला गरेर उनको हत्या गरिदिएका थिए ।

प्रहरीलाई उद्धृत गर्दै भारतीय समाचार मध्यमहरूले लेखेका छन्, “मीनाक्षी गत फेब्रुअरीमा मध्यप्रदेशको सतना गएकी थिइन् । त्यहाँ मिनाक्षीले बृजेश नामको युवकसँग अदालती विवाह गरेकी थिइन् जबकी उनका बुवाले उनको विवाह मुम्बईको विरारमा बस्ने एक युवकसँग निश्चित गरिसकेका थिए । यसका लागि पूरा तयारी भइसकेको र निमन्त्रणा कार्ड समेत छपाइसकिएको थियो । तर मीनाक्षीको प्रेम विवाहको कुरा सार्वजनिक भएपछि राजकुमार छोरीसँग रिसाए ।”

खुट्टा ढोग्न निहुरिएकी छोरीमाथि चक्कु प्रहार :

सिंहका अनुसार मिनाक्षी वृजेशसँग भागेका कारण र मागी विवाह टुटेका कारण राजकुमार चौरसिया लज्जित थिए । यद्यपि, उनले यस विवाहलाई स्कावीर गर्दै छोरीलाई कहिले पनि गाउँ नजान भने । तर हालै मिनाक्षी गणपति महोत्सवमा भाग लिन गाउँ पुगेपछि भने राजकुमार रिसाकेका थिए । शनिबार बेलुका छोरी र पिताको फोनमा बहस भएको बताइएको छ । त्यसपछि राजकुमारले छोरीलाई भेट्ने इच्छा प्रकट गरेको र भातको क्रममा छोरीले खुट्टा ढोग्न लाग्दा उनका बुवाले उनीमाथि चक्कुले आक्रमण गरेको बताइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved