पहिरोेका कारण काभ्रेमा घर भत्किँदा दुई जनाको मृत्यु

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / पहिरोेका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। उनीहरु हजुरआमा–नातिनी हुन् ।

घटनामा परिवारका अरु २ जना घाइते भएको काभ्रेका एसपी जयराम सापकोटाले बताए । घाइते हुनेमा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाको अनुष्का दंगाल रहेका छन् । उनीहरूको मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved