वडाध्यक्षकै सिफारिसमा भारतीयलाई दिइयो नेपाली नागरिकता

  • प्रकाशित मितिः कार्तिक, 29, 2075
  • पहिलो किताब संवाददाता

उदयपुर / त्रियुगा नगरपालिका १० का वडाध्यक्षको सिफारिसमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको रहस्य खुलेको छ। भारतको मधुवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँकी श्रीमतीलाई वडाध्यक्ष प्रकाशकुमार खड्काको सिफारिसमा नागरिकता दिएको रहस्य खुलेको हो।

त्रियुगा नगरपालिका १० बस्ने दिल मोहमदकी छोरी ३१ वर्षीया लजिना खातुनलाई त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष खड्काको सिफारिसमा नागरिकता दिइएको रहस्य जिल्ला प्रशासन कार्यालयबाटै बाहिरिएको हो।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको तयारीमा रहेका बेला जिल्ला प्रशासन कार्यालयको सेटिङमा भारतीयलाई नागरिकता दिइएको स्थानीयको आरोप छ। गाईघाट बोक्सेस्थित ससुरालीमै बस्दै आएका नसरुल मियाँ भारतीय नै भएको ससुरा दिल मोहमद बताउँछन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved