चन्द्रगढी विमानस्थलमा नयाँ प्रविधिका साथ उडान

  • प्रकाशित मितिः फाल्गुन, 6, 2074
  • पहिलो किताब संवाददाता

झापा / झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा आइएफआर प्रविधिबाट जहाज ल्याण्ड गर्नका लागि गरिएको परीक्षण उडान सफल भएको छ ।

आइएफआर प्रविधिबाट जहाज ल्याण्ड गर्न शनिबार गरिएको परीक्षण सफल भएको छ । उक्त परीक्षणमा नागरिक उड्डयन प्राधिकरणका अधिकारी तथा बुद्ध एयरका कर्मचारी सहभागी थिए ।

परीक्षण उडान बुद्ध एयरको जहाजबाट गरिएको थियो । अहिलेसम्म यो विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गर्दथ्यो । जसका लागि पाँच किलोमिटरको भिजिबिलिटी आवश्यक हुने चुँडालले बताए ।

तर आइएफआर प्रविधिबाट जहाज अवतरण हुन थालेपछि १६ सय मिटरको भिजिविलिटीमा पनि जहाज अवतरण हुनसक्नेछ । आइएफआर प्रविधिका लागि सबै उपकरणहरु जडान भइसकेको तर, केही प्राविधिक काम अझै बाँकी रहेकाले ३ महिनाभित्र नियमित आइएफआर प्रविधिबाट जहाज अवतरण गराउने विमानस्थलको योजना छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved