ह्यारी केनको गोलमा आर्सनल विरुद्ध टोटनह्यामको जित

  • प्रकाशित मितिः माघ, 28, 2074
  • पहिलो किताब संवाददाता

इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामले आर्सनललाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले आर्सनललाई १ – ० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा केनले गोल गर्दै टोटनह्यामलाई महत्वपूर्ण जित दिलाए । खेलको ४९ औं मिनेटमा केनले निर्णायक गोल गरेका थिए । खेलमा आर्सनलले पनि केहि गोल गर्ने मौका पाएको थियो ।

तर, आर्सनलले त्यो अवसरलाई खेर फालेको थियो । आर्सनलमाथिको जितसँगै टोटनह्याम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामले २७ खेलबाट ५२ अंक जोडेको छ ।छैटौं स्थानको आर्सनलको ४५ अंक छ । लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहेको छ ।

लिग अन्तर्गत नै शनिबार राति एभर्टनले क्रिष्टल प्यालेसलाई ३ – १, वेष्ट क्यामले वाट्फोर्डलाई २ – ० र स्वान्सीले बर्नलीलाई १ – ० ले हराएको छ । स्टोक सिटी र ब्राइटनले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

- एजेन्सी 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved