युक्रेनका प्रधानमन्त्रीद्धारा राजीनामाको घोषणा

  • प्रकाशित मितिः माघ, 4, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी । पश्चिम युरोपली मुलुक युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन् । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।

उनले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । “हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,” ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन् ।

सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप गोन्चारुकले लगाएका छन् । “त्यो अडियो सत्य होईन,” उनले भने ।  उनले सन् २०१९ अगस्टबाट प्रधानमन्त्रीको पद सम्हालेका  थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved