अमेरिकाको न्यु जर्सीमा गोली चल्दा प्रहरीसहित ६ जनाको मृत्यु

  • प्रकाशित मितिः मंसिर, 25, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ अमेरिकाको न्यु जर्सी सहरमा गाेली चल्दा एक प्रहरी अधिकारीसहित ६ जनाकाे मृत्यु भएकाे छ। घटनामा अन्य दुई प्रहरी घाइते भएका छन्। सहरको हरित क्षेत्र इलाकामा आक्रमणकारी र प्रहरीबीच करिब एक घण्टा फायरिङ भएकाे थियाे।

 गोली चलाउनेकाे पहिचान हुन सकेकाे छैन। अधिकारीहरुले यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन्। 

 मारिने १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा रहेका ३९ वर्षीय जोसेफ सिल्स रहेका छन्। स्थानीयबासीका अनुसार गोलीबारीको सुरुआत एक पसलबाट भएको थियो। जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए। पसलभित्र रहेका तीन व्यक्ति पनि मारिएका छन्।

प्रहरीले आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने सयाैं राउण्ड गोली बरामद गरेकाे छ। स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर घटना भएकाे हाे।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved