गृहमन्त्रीका छोराका डीएनए परीक्षण गर्न तरण दलले राखे माग

  • प्रकाशित मितिः कार्तिक, 10, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ नेपाल तरण दलले स्थापना दिवसको अवसरमा सानेपामा कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रतीक थापाको संलग्नताको आशंका गरिएको कुरा आइरहेको भन्दै बस्नेतले डीएनए परीक्षणको माग गरेका हुन् ।

उनले भने,“गृहमन्त्रीज्यू, निर्मला केसमा तपाईँका छोराको नाम मुछिएकाले डीएनए परीक्षण गरेर सत्य तथ्य जानकारी गराइयोस् ।” बस्नेतले यसअघि पनि प्रतीक थापाको डीएनए परीक्षणको माग गर्दै आएका थिए । उनले तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई संगठनबाट कारबाही भइरहेकाले कारबाहीमा परेका महासचिवले अर्को चियापान समारोह आयोजना गर्नु हास्यास्पद भएको बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved