काठमाडौँ / जिल्ला प्रशासन कार्यालय धादिङले गत शुक्रबार धादिङमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीका लागि चार छिमेकी जिल्लाहरुसँग आग्रह गरेको छ । धादिङस्थित पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले छिमेकी चार जिल्लालाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजीमा लागेका छन् । गत शुक्रबार सर्लाहीको मलंगवाबाट चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नम्बरको बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ ।
इलाम / इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने ... ... ...
इलाम / अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको... ... ...
मङ्गलबारे / इलामको फाकफोकथुम गाउँपालिका–१ लुङस... ... ...
जिल्ला / प्रहरी कार्यालय ईलामले बिद्यार्थीहरुलाई... ... ...
इलाम/ इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved