सिलिन्डर लिक भइ इलाममा आगलागी

  • प्रकाशित मितिः माघ, 13, 2075
  • पहिलो किताब संवाददाता

इलाम / इलाम नगरपालिकाको मालापथमा आगलागी भएको छ । ग्यासको सिलिन्डर लिक भएर आगलागी भएको हो ।

आगलागीबाट समता स्कुलको पछाडि रहेको स्थानीय मनबहादुर गुरुङको घर पूर्ण रुपमा क्षतिग्रष्त भएको छ । बिहान ६ः३० बजे शुरु भएको आगो ८ः०० बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । इलाम नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।

घरमा खाना बनाउन राखेको ग्याँस सिलिण्डर लिक भएर आगलागि भएको बताईएको छ । चारकोठे पक्की घरमाथि बनाइएको टिनको बेरा भएको चारकोठा पूर्णरुपमा क्षति भएको हो ।

घरमा भएको सामान निकाल्न नपाए पछि सम्पूर्ण सामान पनि जलेर नस्ट भएको छ । घरमा के कति सामान थियो विवरण भने आउन सकेकोे छैन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved