मलेसियामा बेपत्ता भएका इलामका शिवाकोटीको मृत्यु

  • प्रकाशित मितिः मंसिर, 23, 2075
  • पहिलो किताब संवाददाता

इलाम / वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ ।

तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो भन्ने बारेमा भने खुलेको छैन ।

शिवाकोटीको शवलाई आइतबार थाई एयरमार्फत नेपाल ल्याइने तयारी भइरहेको छ । पाँचथर स्थायी घर भएका शिवाकोटी केही वर्षअघि मात्र इलाम बसाइँ सरी आएका थिए । शिवाकोटीका श्रीमती र ६ जना छोरी रहेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved