स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले चाहेमा फिर्ता लिन सक्ने

  • प्रकाशित मितिः जेठ, 14, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीले चाहेमा फिर्ता लिन सक्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले कर्मचारीले चाहेमा स्वेच्छिक अवकाशको आवेदन फिर्ता लिनसक्ने प्रावधान ल्याएको हो । यसअघि स्वेच्छिक अवकाशका लागि निवेदन दिएमा फिर्ता नहुने प्रावधान रहेको थियो ।

वर्तमान सरकारले स्वेच्छिक अवकाशको प्रावधानलाई अघि नबढाउँदा आवेदनदिने कतिपय कर्मचारी समस्यामा परेका थिए । स्वभाविक अवकाश कर्मचारीलाई थप समस्या परेको गुनासो सुरु भएको थियो ।तीनै तहमा कर्मचारी समायोजनका लागि अघिल्लो सरकारले खटाइएको स्थानमा जान नचाहने कर्मचारीलाई शर्त सहित स्वेच्छिक अवकाशको व्यवस्था गरेको थियो । वर्तमान सरकारले भने आर्थिकभार बढ्न नदिन स्वेच्छिक अवकाशको व्यवस्था गर्न नसकिने भन्दै प्रक्रिया अघि बढाएको छैन



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved