धरान/ वचनअनुसारको चुनाव खर्च नदिएको झोंकमा नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ बाट प्रदेशसभा(क)का उमेदवार किशोर राईले वाणिज्य मन्त्रीसमेत रहेका कांग्रेस नेता मिन बिश्वकर्मालाई उनकै घरमा गमला प्रहार गरेका छन् ।
कांग्रेस स्रोतका अनुसार सोमबारको यो घटनामा वाणिज्य मन्त्री विश्वकर्मालाई कुनै चोट भने लागेन । धरान १५ स्थित विश्वकर्माको घरमा भेट गर्न पुगेको बेला भनेबमोजिम चुनाव खर्च नपाएको रिस राईले विश्वकर्मामाथि पोखेका थिए ।
उनले त्यसक्रममा मन्त्री विश्वकर्मालाई अपाच्य तथानाम गालीगलौज समेत गरेको प्रत्यक्षदर्शी कांग्रेसका एक कार्यकर्ताले सुनाए । उमेदवार राईले गमला प्रहार गरेको स्वीकार नगरे पनि मन्त्री विश्वकर्माको घरको ढोकामा लात्ती प्रहार गरेको भने स्वीकार गरे ।
‘किशोर दाईले गाली गर्नु त सामान्य नै हो, गमला हानेको चै होइन । तर, ढोकामा एक लात्ती हानेको सत्य हो,’प्रत्यक्षदर्शी ती कार्यकार्ताले भने ।
धरानमा कांग्रेसभित्र कुटाकुट एवं भाडभैलो हुनु नौलो घटना होइन । झण्डै दुई साताअघि चुनावी छलफलको क्रममा नेता उमेश थापालाई हातहात गरेको आरोपमा अर्का युवा नेता सन्दीप श्रेष्ठ थुनामा परेका थिए । यो घटनाले नेपाली कांग्रेसलाई मात्र होइन, धरानलाई नै तताएको थियो ।
उक्त घटना सेलाउन नपाउदै अहिले पुनः उमेदवार राईले मन्त्री विश्वकर्मालाई गमला प्रहार गरेको घटनाले बजार तात्तिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता अघि मन्त्री विश्वकर्माले राई २५, ३० लाख सहयोग गर्ने वचन दिएका थिए । सोही वचनअनुसार उमेदवार बनेका राईलाई विश्वकर्माले अहिलेसम्म मात्र ३ लाख जति आर्थिक सहयोग गरेका छन् ।
चुनाव प्रचारको क्रममा पैसाको खोलो नै बगाएका उमेदवार राईले आशा गरेको व्यक्तिबाट पैसा नपाएपछि तल्लोस्तरमा झरेर गालीगलौज र आक्रमण गरेको अर्का एक नेताले बताए ।
‘घटना सामसुम जस्तो छ, तर भित्रभित्रै नेता, कार्यकर्तामा यो घटना चर्चाको बिषय बनेको छ ।’ ती नेताले भने ।
उम्मेदवार राई र मन्त्री विश्वकर्मा दुवै पार्टी सभापति देउवा खेमाका हुन् । गएको स्थानीय चुनावमा पनि मनग्ये खर्च गरिसकेका राईले मेयरको टिकट नपाउँदा पार्टी सभापति देउवासँग नै झगडा गर्न पुगेका थिए । त्यसैबेला उनलाई देउवाले प्रदेशसभाको टिकटको आश्वासन दिएका थिए । प्रदेशसभा(ख)बाट सिफारिस भएका राई पछि प्रदेशसभा(क) क्षेत्रमा सरेका थिए भने प्रतिनिधि सभामा सिफारिस भएका मन्त्री विश्वकर्मा समानुपातिक सूचीमा आफूलाई सुरक्षित राखेका छन् ।
सुनसरी १ मा कांग्रेसले प्रतिनिधि सभामा संघीय समाजवादी फोरमसँग तालमेल गरेको छ ।
इटहरी / धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुन्थल... ... ...
धनकुटा / ब्रेकफेल भएको बसको ढोकाबाट हाम फाल्दा ए... ... ...
धनकुटा / धनकुटाका कृषक राजकुमार तामाङ्गले एउटै एभ... ... ...
धरान / वियर , भोड्का र रक्सीका विभिन्न ब्राण्ड उत्प... ... ...
खोटाङ / अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन ख... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved