यस्तो छ आजको मौसम पूर्वानुमान

  • प्रकाशित मितिः माघ, 4, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको जानकारी दिएको छ । महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानमा आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिएको हो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी, आज दिनभर आंशिक र सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । पहाडी र तराईका केही भूभागका थोरै स्थानमा मात्रै हल्का वर्षा हुने छ । भने उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति भने देशको पहाडी भूभागमा आंशिक र सामान्य बदली हुन सक्ने तथा तराईका केही भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved