पर्वतारोही निर्मल पुर्जाले ६ महिनामा १४ हिमाल आरोहण गरेर बनाए नयाँ रेकर्ड

  • प्रकाशित मितिः कार्तिक, 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ पर्वतारोही निर्मल पुर्जाले ६ महिनाको अवधिमा १४ वटा विश्वका उच्च शिखरको आरोहण गरेर नयाँ रेकर्ड बनाएका छन् । उनको आरोहणको लागि सेभेन समिट ट्रेक एजेन्सीले लजिस्टिक उपलब्ध गराएको बताइएको छ । पुर्जाले इन्स्ट्राग्राममा सो सम्बन्धी विवरण सार्वजनिक गरेका छन् । सेभेन समिटका मिङ्गमा शेर्पाले यो विश्व रेकर्ड भएको रोयटर्ससँगको कुराकानीमा जनाएका छन् ।

गएको अप्रिल २३ मा दशौं उच्च शिखर अन्नपूर्णको आरोहण गरेका पुर्जाले त्यसपछि धौलागिरी, कन्चनजंघा, सगरमाथा, ल्होत्से मकालुलगायतका हिमाल लगातार आरोहण गरेका थिए । नेपालका केही हिमालको आरोहणपछि उनी पाकिस्तान गएर नांगा पर्वत, गशेरब्रम फस्ट, गशेरब्रम सेकेन्ड, के टु र ब्रोड पिक आरोहण गरेका थिए । पुर्जाले त्यसपछि नेपालका थप दुई चुचुरा चो यु र मनासलुको पनि आरोहण गरेका थिए । त्यसपछि उनी तिब्बतका हिमाल आरोहण गर्न गएका हुन् ।

उनले आरोहण गरेका हिमालमा ८ वटा नेपालका, पाँचवटा पाकिस्तानका र एउटा तिब्बतको हो । तिब्बतमा पछिल्लोपटक उनले शिशापाङ्गमा हिमाल आरोहण गरेका हु्न् ।

ब्लगर अलान आर्नेटलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यसअघि सबैभन्दा छिटो धेरै हिमाल आरोहण गर्नेको रेकर्ड दक्षिण कोरियाका किम चाङ्ग हो को रहेको र उनले ८ हजार मिटरका सबै हिमालको आरोहण सात वर्ष, १० महिना र ६ दिनमा पूरा गरेका थिए । पुर्जाले बृटिश गोर्खाको स्पेसल फोर्समा काम गरेको बताइएको छ । उनले अन्तिम पटकको आरोहण मंगलबार पूरा गरेका हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved