एजेन्सी / बलिउडका दुई चर्चित अभिनेता ऋतिक रोशन र टाइगर श्राफ बहुप्रतीक्षित फिल्म ‘वार’मा आमनेसामने देखिँदै छन् ।टाइगरले भर्खरै पोस्टर सेयर गर्दै इन्स्टाग्राममा क्याप्सन लेखेका छन्, ‘यसपटक युद्धमा केवल एकजना नै विजेता बन्छ ।’ यता, ऋतिकले पनि पोस्टर सेयर गरेका छन् । ‘म आफ्नो शब्दभन्दा धेरै जवाफ एक्सनबाट दिनेछु । तिमीसँग २ अक्टोबरमा भेटौँला,’ उनले लेखेका छन् ।
बलिउडका दुई ठूला एक्सन स्टारको अभिनय रहेको यस फिल्मलाई धेरै फ्यानले प्रतीक्षा गरिरहेका छन् । पोस्टरमा दुवैले पेस्तोल बोकेर निसाना साँधिरहेको देखिन्छ । वाणी कपुर भने ग्ल्यामरस पोजमा देखिएकी छिन् । टाइगर पछिल्लो समय आफ्नो एक्सन र डान्सका कारण चर्चामा छन् र धेरैले ऋतिकसँग उनको तुलना गर्छन् । २ अक्टोबरमा रिलिज हुने वारको पोस्टर इंग्लिस, तमिल र तेलगूमा जारी गरिएको छ । यो फिल्म तीनवटै भाषामा रिलिज हुनेछ ।
इटहरी / धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुन्थल... ... ...
धनकुटा / ब्रेकफेल भएको बसको ढोकाबाट हाम फाल्दा ए... ... ...
धनकुटा / धनकुटाका कृषक राजकुमार तामाङ्गले एउटै एभ... ... ...
धरान / वियर , भोड्का र रक्सीका विभिन्न ब्राण्ड उत्प... ... ...
खोटाङ / अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन ख... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved