सरकारी विद्यालयमा मदिरा पार्टी गर्ने पाँच जना पक्राउ

  • प्रकाशित मितिः श्रावण, 1, 2076
  • पहिलो किताब संवाददाता

चितवन /  चितवनको रत्ननगरमा नगरपालिका ९ स्थित कपरखोरी माविको भवनमा मदिरा पार्टी गर्ने प्रधानाध्यापकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्यालयको नयाँ बन्दै गरेको भवनमा मंगलबार राति मदिरा खाएर नाचगान गर्दै गरेका अवस्थामा प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यले बताए ।

विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल पक्राउ परेका हुन् । हिरासतमा राखेर अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved