पर्यटकलाई लक्षित गरी जाउलाखेल ग्रुपले बनाईदियो लिंगे पिङ

  • प्रकाशित मितिः कार्तिक, 1, 2075
  • पहिलो किताब संवाददाता

धरान / वियर , भोड्का र रक्सीका विभिन्न ब्राण्ड उत्पादन गर्दै आएको नेपालकै ठुलो व्यवसायीक समूह जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिजले लोप हुँदै गएको लिंगे पिङ देशै भर बनाईदिएर संस्कृति संरक्षण अनि बजार प्रवद्धनमा नयाँ काम गरीरहेको छ ।

अन्य कम्पनीहरु बजार प्रवद्धनका लागि विभीन्न काम र गतिविधि गरीरहेका बेला जाउलाखेल ग्रुपले भने परम्परा जोगाउने अनि लोप हुन थालेको लिंगे पिङ बनाएर संस्कृति मोह बढाउने योजना सहित आफ्ना उत्पादनको प्रचार गरीरहेको छ ।

ग्रूपले पुर्वका पर्यटकिय गन्तव्य भेडेटार र नाम्जे जाने पर्यटकलाई लक्षित गरी लिंगे पिङ वनाईदिएको छ । ग्रुपका कोशि अञ्चलका आधिकारीक बिक्रेता सम्राट श्रेष्ठ र होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले पिंगमा चढेर पिङको उद्घान गरेका छन् ।

जाउलाखेल ग्रुपका आधिकारीक बिक्रेता श्रेष्ठले संस्कृति जोगाउने अनि पछिल्लो पुस्तालाई परम्पराका रुपमा रहेको लिंगे पिङ प्रति मायाँ र अभिरुचि वढाउने उधेष्यसहित कोशिका २५ स्थानमा लिंगे पिङ निर्माण गरीएको बताएका छन् । त्यसैगरी भेडेटार र नाम्जे आउने स्वदेशि र विदेशी पर्यटकलाई फरक आनन्द दिने उधेष्य सहित जाउलाखेल ग्रुपले परम्परागत लिंगे पिङ निर्माण गरिदिएकोमा खुसी व्यक्त गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved