विराटनगर/ सुनसरी–३ निर्वाचन क्षेत्र दोस्रो संविधानसभा निर्वाचनपछि निक्कै चर्चामा छ । पहिचान पक्षधरलाई बहुमत माग्दै निर्वाचनमा होमिएका माओवादी, मधेशवादी दलले नराम्रो हार बेहोरिरहेका बेला पनि फोरम लोकतान्त्रिकका विजय गच्छदारले २०७० मा जीत निकालेको क्षेत्र हो सुनसरी ३ ।
प्रतिस्पर्धी शक्तिशाली भएका कारण चर्चामा रहेको निर्वाचन क्षेत्रमा एमाले उमेदवार भगवती चौधरी छिन् । दोस्रो संविधानसभा निर्वाचनमा शक्तिशाली, प्रतिनिधिसभा निर्वाचन–२०७४ मा कडा चुनौती दिँदै विजय उन्मुख चौधरीलाई सहानुभूति जताततै तर जीत त्यसैउसै भयो ।
लामो समयदेखि नेपालमै प्रतिष्ठित लघु विक्त संस्था ‘फरवार्ड’ की अध्यक्ष चौधरी स्थानीयस्तरमा लोकप्रिय छिन् । सानातिना समस्या, जीविकोपार्जनका लागि लगानीदेखि, सामाजिक सेवामा समर्पित भइरहने उनको विशेषता छ ।
‘फरवार्ड’मार्फत धेरैलाई रोजगारी र अवसरसँग जोड्दै आएकी छिन् चौधरीले । आफ्नै जिल्ला मात्र नभएर देशैभरी धेरैले यस्तो अवसर पनि पाएका छन् ।
चौधरी संस्थापक रहेको ‘फरवार्ड’ मा सुनसरीभरि मात्रै २८ हजार ७ सय ४० जना सदस्य छन् । नेपालभर यसको तथ्यांक २ लाख १६ हजार ४ सय ७७ छ ।
तर, सुनसरी–३ का मतदाताका लागि चौधरीभन्दा गच्छदार नै बढी लोकप्रिय छन् । हरेक निर्वाचनमा गच्छदार त्यहाँ पुग्दा धेरैले तत्कालै आशा गरिहाल्छन् । गरेको आशा पाइपनि हाल्छन् ।
दुहवी–भलुवा नपाका मन्टु चौधरीका अनुसार कारण एउटै छ–भगवती ऋण दिन्छिन्, गच्छदार तिरिदिन्छन् । दोस्रो संविधानसभा निर्वाचनदेखि शक्तिशाली प्रतिस्पर्धी पाएका गच्छदारले त्यतिकै निर्वाचन जित्दैनन् । मन्टुका अनुसार निर्वाचन आएपछि क्षेत्रभरीबाट ‘फरवार्ड’को ऋण लिएका मतदाता खुसी हुन्छन् । त्यही कारण चौधरी र गच्छदारको भिडन्तलाई धेरैले चाख दिन्छन् ।
अघिअघि चौधरी मत माग्दै आफ्ना मतदातासम्म पुग्छिन् । सबैले जयजयकार लगाउँछन् । सबैका लागि भगवती साँच्चैकी भगवती छिन् । चाहिएका बेला ऋण लिएर विस्तारै–विस्तारै किस्ताबन्दीमा बुझाउँदै चलेको गुजाराको सम्झना सबैले गर्दछन् ।
‘घर–घरमा भगवतीको जयजयकार, पछिपछि गच्छदार’
भगवतीकै मार्फत दैनिक जीविकोपार्जन गरिरहेका स्थानीय भगवतीलाई जयजयकार नै गर्छन् । जसरी भगवतीको जयजयका र हुन्छ, उसैगरी गच्छदार पनि हरेक मतदाताको घरघरमा पुग्छन् । मतदाताको सबै प्रसङ्गमा गच्छदार मन छाम्न सफल हुन्छन् । मतदाताले गच्छदारलाई भन्छन्–हामी भोट भगवतीलाई दिन्छौं, हामीलाई ऋण दिएकी छन् ।
ऋण दिएकी व्यक्तिलाई भोट दिनु उचित छ । मन पग्लिहाल्ने स्वाभावका गच्छदार फाइदा लिदैं, कति ऋण छ ? सोधिहाल्छन् । यतिउति । तुरुन्तै ऋण तिर्नु, भोट दिनु । क्षेत्रमा धेरै मानिसहरु लघुवित्तको ऋणले थिचिएका बेला गच्छदारले चुनावी प्रचार धेरै गर्नुपर्ने जरुरी नै पर्दैन । प्रायः निर्वाचन आउँदा धेरै मतदाता ऋणबाट उस्कने माध्यम ठान्छन् नेता गच्छदारलाई ।
दुहवीकै अर्का सन्तोष चौधरी भन्छन्–‘ऋण दिनेलाई मत दिन्छन् कि ऋण तिर्नेलाई ?’ हो, जसले ऋण तिरिदिन्छ त्यो ठूलो दाता ।
दोस्रो संविधानसभा निर्वाचनमा १५० मतान्तरले विजय हासिल गरेका गच्छदारले प्रतिनिधिसभा निर्वाचन–२०७४ मा ३२१ मतान्तरले विजय हात पारेका छन् । गच्छदार ३८ हजार ९७२ मतसहित विजयी हुँदा चौधरी ३८ हजार ६५१ मतको दह्रो उपस्थितिमा पराजित भइन् । अनुमानमा गच्छदारलाई चौधरीले भारी मतान्तरले पराजित गर्ने देखिएपनि वास्तविकतामा त्यस्तो कहिल्यै पाइँदैन ।
लामै समयदेखि गच्छदारले त्यहाँ आफ्नो राजनीति स्थापित पनि गरेका छन् । भगवतीको उदय हुनु अगाडिदेखि नै गच्छदार आफ्ना मतदातासँग निक्कै रमाइसकेका व्यक्ति हुन् ।
क्षेत्रभरिमा पुलपुलेसा, सडक, पानीदेखि बिजुलीका काम गच्छदारले नै गरेको मानिन्छ । मतदाता मात्र हैन अन्यले समेत स्वभावमा उदार र मिलनसारको रुपमा गच्छदारलाई हेर्ने गरेका छन् ।
सुरुङ्गा/ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई... ... ...
भद्रपुर / झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षी... ... ...
झापा / झापाको दमक नगरपालिका–७ धरधरे पुलमा दुई वट... ... ...
भद्रपुर / स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन ग... ... ...
भद्रपुर / जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved