इन्टर मिलानमाथि लाजियोको कमब्याक जित : युभेन्टसलाई फाइदा !

  • प्रकाशित मितिः फाल्गुन, 5, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / इटालियन सिरी ए लिग फुटबलमा उपाधि होडमा रहेको लाजियोले अर्को उपाधि दाबेदार टिम इन्टर मिलानमाथि कमब्याक जित निकालेको छ । गत राति भएको खेलमा तेस्रो स्थानको लाजियोले आफ्नो घरमा दोस्रो स्थानको मिलानलाई २–१ ले निराश बनायो ।

यो जितसँगै लाजियो उपाधि होडमा एक कदम अघि बढेको छ । साथै मिलान हार्दा यसको फाइदा भने लिग लिडर युभेन्टसलाई पुगेको छ । मिलानको पराजयसँगै युभेन्टस शर्ष स्थानमा यथावत रहन पाएको छ । यदि मिलान विजयी भएको भए ऊ युभेन्टसलाई पछि पार्दै शीर्ष स्थानमा चढ्ने थियो । अब मिलान युभेन्टसभन्दा स्पष्ट ३ अंकले पछि परको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली मिलानले खेलको ४४औं मिनेटमा अग्रता लिएको थियो । सो गोल हालै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएका अस्ले योङले गरेका थिए । लौटारो मार्टिनेजको प्रहार गोलकिपरबाट रिबाउन्ड भएर आएकोमा उनले सहजै गोल गरेका थिए ।

तर, खेलको ५०औं मिनेटमा लाजियो खेलमा फर्कियो । बसक्मा मिलानका खेलाडीले फउल गरेपछि रेफ्रीले लाजियोलाई पेनाल्टीको मौका दिए । जसमा सिरो इम्मोबाइलले कुनै गल्ती नगरी गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि घरेलु टोलीले ६९औं मिनेटमा लिड गोल हान्यो । सेर्गी सेभिचले बक्सभित्रबाट भलीमा सुन्दर गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल नभएपछि खेल लाजियाले जित्यो ।

यससँगै लाजियो अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । उसले २४ खेलबाट ५६ अंक जोडेको छ । पराजित मिलान ५४ अंकसहित तेस्रो स्थानमा यथावत छ । लिग लिडर युभेन्टसको खातामा ५७ अंक छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]m

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved