काठमाडौं / अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध हप्ताको दुई/तीनवटा दरले उजुरी परिरहेको छ। यसक्रममा बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणमा सबै चाँजोपाँचो मिलाएको, भाटभटेनी साहुजी मीनबहादुर गुरुङको नामको आधा जमिन उनको रहेको नारायणचा जस्ता नक्कली मोही खडा गरेको जस्ता आरोप छन्। यस्ता उजुरी प्रमुख आयुक्त नवीन घिमिरेले तोक लगाउँदै सम्पत्ति तिर पठाइरहेका छन्। छनबिन समिटीले पनि अध्ययन गर्दै छ।
प्रमुख आयुक्तले तोक लगाएको उजुरीमा दीप बस्न्यात केही महिनाअघि प्रहरी एस्कर्टिङमा सपरिवार झापाको काँकडभिट्टा हुँदै भारत छिरेको प्रसंग छ। यसरी सीमापार गएका उनले सुनचाँदी सहितका गरगहना कलकत्तामा महावणिज्यदूत भएका बेला खोलेको लकर तथा बैंक खातामा जम्मा गरेको उजुरीमा उल्लेख छ। उनले घरेलु सहयोगी दुर्गाकुमारी देवीको नाममा घरजग्गा राखेको केही समयअघि अख्तियारबाट हटाइएकी राधा श्रेष्ठ नामबाट सम्पत्ति वापस लिइसकेको तथा उनको घर खानतलासी गर्दा त्यहाँबाट अर्बौ सम्पत्ति तथा गरगहना जफत हुनसक्ने दाबी उजरीमा छ।
आर्जित सम्पत्ति विभिन्न व्यापारिक गृहमा लगानी गरेकोसमेत उजुरीकर्ताको दाबी छ। ओम अस्पताल, मेडिसिटी अस्पताल, आर्या मण्टेश्वरी, होटल ग्याङजोङ, भाटभटेनी, बुद्ध एयरसहित जनकपुरका सुर्ती व्यापारी विश्वनाथ साहको कारोबारमा उनको हिस्सा रहेको दाबी गरिएको छ। उजुरी अनुसार नक्साल व्याङ्क्वेटमा उनको प्रत्यक्ष लगानी छ। मटिहानी गुठीको जग्गा महन्थले अनियमित तवरले बिक्री गरेकोबारे महोत्तरीका सिडिओ दीपक काफ्लेले कारवाही थाल्दा दीपले फोन गरेर त्यसबारे केही नगर्न दबाब दिएपछि सुर्ति व्यापारी विश्वनाथमार्फत महन्थसँग कोशेली बुझेको तत्कालीन सहयोगीद्वारा दायर उजुरीमा उल्लेख छ।
सुरुङ्गा/ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई... ... ...
भद्रपुर / झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षी... ... ...
झापा / झापाको दमक नगरपालिका–७ धरधरे पुलमा दुई वट... ... ...
भद्रपुर / स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन ग... ... ...
भद्रपुर / जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved