काठमाडौं / विभिन्न स्थानमा जुवातार खेलिरहेको अवस्थामा २९ जुवाडे पक्राउ परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ४५ वर्षीय हरि बहादुर रानाभाटको शुभकामना होटलमा तास खेलिरहेका सूर्यविनायक बस्ने रामेछाप घर भएका ५५ वर्षीय ज्ञान बहादुर लामा लगायत ४ जनालाई नगद ३० हजार ६ सय ४० रुपैयाँ र ६ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरि कास्की, पोखरा महानगरपालिका–३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २७ वर्षीय विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी जनताको चौतारा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका–१६ स्थित दुर्गा घलेको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५० वर्षीय गंगा प्रसाद गुरुङ सहित ८ जनालाई नगद २६ हजार १ सय ८५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै कास्की, पोखरा महानगरपालिक१० रामघाटस्थित ४३ वर्षीया उर्मिला लामिछानेको पर्वत होटलभित्र जुवातास खेलिरहेका लामिछाने लगायत ६ जनालाई नगद ३६ हजार ३ सय ३० रुपैयाँ र ३ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सुरुङ्गा/ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई... ... ...
भद्रपुर / झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षी... ... ...
झापा / झापाको दमक नगरपालिका–७ धरधरे पुलमा दुई वट... ... ...
भद्रपुर / स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन ग... ... ...
भद्रपुर / जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved