झापामा चट्याङ लागेर दुई जना घाइते

  • प्रकाशित मितिः चैत्र, 13, 2075
  • पहिलो किताब संवाददाता

झापा / झापामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहानै परेको चट्याङ लागेर दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते दुवै जनालाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको बिर्तामोड स्थित मनमोहन अस्पताल उपचार भइरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved