झापाका चौबिस विद्यार्थीलाई दिइयो छात्रवृत्ति

  • प्रकाशित मितिः चैत्र, 1, 2075
  • पहिलो किताब संवाददाता

भद्रपुर / झापा गाउँपालिका–६ शरणामतिस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत २४ विद्यार्थीलाई रु तीन हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा स्थापित रमा–पदम स्मृति अक्षयकोषबाट २० विद्यार्थी र वैदेशिक रोजगार छात्रवृत्तिवापत चार गरी २४ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयमा कनकाई नगरपालिका–३ का प्रतिमान उप्रेती र गङ्गादेवी उप्रेतीद्वारा आमाबुबाको नाममा ‘रमा–पदम स्मृतिकोष’ स्थापना गरिएको थियो । त्यस्तै वैदेशिक रोजगारीका लागि कतार पुगेका शरणामतिका युवाले प्रवासी शरणामति युवा समूह विसं २०६५ मा गठन गरेर ‘वैदेशिक रोजगार छात्रवृत्ति कोष’को स्थापना गरेका थिए ।

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप दुवै अक्षयकोषबाट प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम कार्कीले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved