राष्ट्रपतिबाटद्धारा झापाको नमूना कृषि परियोजना अवलोकन

  • प्रकाशित मितिः पुष, 18, 2075
  • पहिलो किताब संवाददाता

भद्रपुर / राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाको गौरादहस्थित नमूना कृषि परियोजनाको अवलोकन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवद्र्धित एक सय बिघा जग्गामा सञ्चालित नमूना कृषि परियोजनाको अवलोकन गरेकी हुन् ।

परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गरेकी हुन् ।

परियोजना स्थलमा राष्ट्रपति भण्डारीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह, साना किसान बैंकका महाप्रबन्धक कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले आजै झापाको शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको समेत अवलोकन गर्ने कार्यक्रम छ ।
कृषि फार्म चौरासी बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारी अवलोकन गर्न आउने खबरले स्थानीयवासी उत्साहित बनेको कृषि फार्म सञ्चालक समितिका पूर्व अध्यक्ष ढुण्डीराज गुरागाईं बताउछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved