दमकल छैन, मेयरलाई ७० लाखको गाडी 

  • प्रकाशित मितिः मंसिर, 13, 2075
  • पहिलो किताब संवाददाता

शिवसताक्षी /दमक आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो । घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना गरे ।

मेयर चन्द्रकुमार शेर्मा यही बर्ष किनेको ७० लाखको इसुजु डिम्याक्समा हुईँकिन्छन् । उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् । नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, ट्रलीसहितको ट्रयाक्टर, एक टोयोटा गाडी, एक टाटासुमो, १९ मोटरसाईकल र एउटा स्कुखर खरिद गरेका छन् । लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएके बताए ।

कान्तिपुरबाट

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved