भैय्याजी सुपरहिट सकिन मात्र एउटा गीत बाँकी

  • प्रकाशित मितिः माघ, 17, 2074
  • पहिलो किताब संवाददाता

बलिउड/ सनी देओल, प्रिती जिंटा, र अमीषा पटेललाई लिएर ‘भैय्याजी’ नामक चलचित्र सात वर्ष पहिले सुरु भएको थियो । तर अहिलेसम्म पूरा हुन सकेको छैन । किस्ताकिस्तामा चलचित्रको सुटिङ चली नै रह्यो ।

खबरका अनुसार अब चलचित्र एउटा गीतको सुटिङपछि सकिनेछ र चलचित्र सिनेमा हलमा आउने बताइएको छ ।

मुम्बईस्थित एक स्टुडियोमा गीतलाई सनी र प्रितिमाथि छायांकन गरिनेछ । जसमा दुवै रोमान्स गर्दै गरेको देखिनेछन् । सनी यो चलचित्रमा उत्तर प्रदेशका एक ग्याङस्टारको भूमिकामा छन्, जो चलचित्रमा अभिनय गर्न चाहन्छन् ।

अमीषा पटेल यो चलचित्रमा मुभीस्टारको भूमिकामा देखिँदैछिन् । चलचित्रमा अरशद वारसी र श्रेयस तलपडे पनि छन् । चलचित्रको फस्र्टलुक केही महिना अघि सार्वजनिक गरिएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved