‘पद्मावत’ ब्लकबस्टर - तोड्यो यी १० बढी कीर्तिमान

  • प्रकाशित मितिः माघ, 17, 2074
  • पहिलो किताब संवाददाता

बलिउड/ संजयलीला भंसालीको चलचित्र पद्मावतले १०० करोड क्लबमा प्रवेश पाइसकेको छ । चलचित्रले पहिलो विकेन्डमा नै धमाका गरेको छ । यो हप्ता पनि चलचित्रले राम्रै कमाइ गरेको छ । ६ दिनमा चलचित्रले १४० करोडका आँकडा पार गरेको छ ।

चलचित्रलाई मनखोलेर दर्शकले माया गरिरहेका छन् । यद्यपि भारतका केही राज्यले चलचित्रलाई अहिलेसम्म प्रतिबन्ध लगाई रहेको छ । केही शहरमा करणी सेनाको डर पनि छ । तर पनि चलचित्रले शानदार प्रदर्शन गरिरहेकै छ ।

बक्स अफिसमा चलचित्रले जबरजस्त कमाइ गर्दै धमाकेदार रकर्डस् पनि तोडेको छ । यो चलचित्र शाहिद कपुरको करियरकै सबैभन्दा ठूलो चलचित्र पनि बनेको छ । यहाँ हेरौं चलचित्र पद्मावतले भारतीय बक्स अफिसमा बनाएका केही रेकर्डस्–

शाहिदको पहिलो १०० करोडको चलचित्र– पद्मावत शाहिद कपुरको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र भएको छ ।
रणवीर सिंहको टप ओपनर– पद्मावत रणवीर सिंहको सबैभन्दा ठूलो ओपनिङ चलचित्र बनेको छ । यो रणवीरको सबैभन्दा बढी कमाइ गर्ने चलचित्र हुनेमा पनि शंका छैन ।

संजय भंसालीको सबैभन्दा ठूलो ओपनर– पद्मावत संजयलीला भंसालीको पनि सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म भएको छ । आशा छ चलचित्रले २५० करोडभन्दा माथिको कमाइ गर्ने छ ।

२०१८ को सबैभन्दा ठूलो ओपनर– पद्मावत ५ दिनमै सन् २०१८ को सबैभन्दा ठूलो चलचित्र पनि बनेको छ ।

यस्तै चलचित्रको कमाइको विश्लेषण गर्ने हो भने, अन्य थुप्रै कीर्तिमान चलचित्रले राखेको छ । २६ जनवरीमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र, शाहिद, रणवीर, दीपिकाको सबैभन्दा छिटो रेकर्ड राखेको १०० करोडको चलचित्र, सबैभन्दा ठूलो सिंगल डे फिल्म, सबैभन्दा ठूलो विकेन्ड, रणवीर–दीपिकाका तीन चलचित्रमध्ये सबैभन्दा बढी ओपनिङ गर्ने चलचित्र ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved