कडा सुरक्षाबीच 'पद्मावत' रिलिज, ४ राज्यमा प्रर्दशन भएन

  • प्रकाशित मितिः माघ, 11, 2074
  • पहिलो किताब संवाददाता

बलिउड/ संजयलीला भन्सालीद्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र पदमावत कडा सुरक्षाका बीच रिलिज भएको छ ।
राजपूत समुदायको विरोधका कारण सिर्जित तनावले गर्दा कडा सुरक्षाबीच फिल्म प्रर्दशन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिनेमाघर सञ्चालकहरुले सुरक्षाको कारण देखाउँदै मध्यप्रदेश, गुजरात, राजस्थान र गोवामा फिल्म प्रर्दशन गर्न अस्वीकार गरेका छन् ।
प्रशासनले भने सुरक्षा तैनाथि बढाएरै भए पनि फिल्म प्रर्दशनका लागि सहयोग गरिरहेको छ ।

गुडगाउँमा विद्यालयहरु बन्द गरिएको छ । फिल्मको विरोध गरिरहेको समूहले बुधबार त्यहाँ एक स्कुलबसमा आगजनी गरेपछि आज विद्यालय नै बन्द गरिएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved