मेस्सी तीन महिना पछि राष्ट्रिय टोलीमा

  • प्रकाशित मितिः कार्तिक, 10, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ विश्व चर्चित खेलाडी लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा परेका छन् । तीन महिनाको प्रतिबन्ध पछि उनी राष्ट्रिय टोलीमा परेका हुन् । अर्जेन्टीनाले एक महिना पछि ब्राजिल र पराग्वेसँग मैत्रीपूर्ण खेल खेल्दै छ । मैत्रीपूर्ण खेलकालागि मेस्सी टोलीमा परेको टिवाइसी स्पोट्सले जनाएको छ ।  ४६औं संस्करणको कोपा अमेरिका कपअन्तर्गतको तेस्रो स्थानको खेलपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सीले विवादास्पद अभिव्यक्ति दिएका थिए ।

चिलीसँगको खेलको बीचैमा चिलियन कप्तान मेडेलसँग झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएका उनले खेलपश्चात मिडियासँगको कुराकानीमा ब्राजिललाई कोपा जिताउन सेटिङ मिलाएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

अभिव्यक्तिको केही समय पछि उनले कोपा अमेरिका आयोजक टिमसँग माफि मागेका थिए । माफि मागेपनि उनलाई दक्षिण अमेरिकी फुटबल महासंघले कारबाही स्वरुप तीन महिनाको प्रतिबन्ध र ५० हजार अमेरिकी डलर जरिमाना गरेको थियो । प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबर महिनामा भएका चिली, मेक्सिको र जर्मनीविरुद्वको मैत्रीपूर्ण खेल गुमाएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved