ओली र मोदीले स्वीच थिचेर गरे अमलेखगञ्ज पाइपलाइनको उद्घाटन

  • प्रकाशित मितिः भदौ, 24, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ गरी कुल ६९.२ किलोमिटर पाइपलाइन बिछ्याइएको हो ।

भिडियो कन्फरेन्समार्फत नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ुनेपाल र भारतबीच भएको सहमति कार्यान्वयन गर्दै लैगिने छ, यसको महत्वपूर्ण कडि पाइपलाइन हो । उनले समयमा नै पाइपलाइनको निर्माण स्म्पन्न भएको भन्दै भने, ुएक बर्षमा दुई मिलियन मेट्रिक टन पेट्रोलियम पदार्थ उपयुक्त मुल्यमा उपलव्ध गराउछौ , यसले नेपाली जनतालाई धेरै राहत पुराउने विश्वास लिएका छौ । ु

नेपाल र भारतको सम्बन्धको चर्चा गदै उनले नेपालको बिकासमा भारतका सकारात्मक सहयोग हुने स्पष्ट पारे । मोदीले आफु नेपाल आउन इच्छुक रहेको भन्दै उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपलाईन दक्षिण एसिया मै पहिलो भएको बताए । उनले पाइपलाईन मार्फत तेल ल्याउदा मूल्य लागत र पर्यावरणको पनि बचत भएको बताए । उनले भने , ुअहिले हामिले २ रुपैया घटाएका छौ, बिस्तारै पेट्रोलियम पदार्थको क्षेत्रमा जनतालाई सहुलियत दिदै जानेछौ ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतको सम्बन्ध निकै पुरानो र गहिरो रहेको समेत बताए । उनले भारतीय प्रधानमन्त्री संग हातेमालो गदै अघि बढ्न तयार रहेको स्पष्ट पारे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved