माला लगाएर किरियापुत्री भेट्न पुगेका साइकल मन्त्रीको चर्को आलोचना

  • प्रकाशित मितिः चैत्र, 11, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुःखको घडीमा माला लगाएरै जानु असान्दर्भिक भएको र अशोभनीय सन्देश गएको भनी आलोचना भयो ।

तत्कालीन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराई आमाको निधन भएको पाँचौँ दिन मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न र परिवारलाई सान्त्वना दिन मन्त्री पण्डित विराटनगर उपमहानगरपालिका ३ स्थित भट्टराई निवास पुगेका थिए ।

मन्त्री पण्डितको सचिवालयले भने कुनै योजनबद्ध रुपमा नभई एक कार्यक्रममा सहभागी हुन गएका बेला नजिकैको भट्टराई निवासमा मन्त्री पुगेको जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved