धमाधम पक्राउ पर्दै विप्लवका नेता, कोशी ब्युरो इन्चार्ज श्रेष्ठ पनि पक्राउ

  • प्रकाशित मितिः चैत्र, 11, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएसँगै सो पार्टीका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । विप्लवका कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) लाई आइतबार राति मोरङबाट प्रहरीले पक्राउ गरेको हो।

पुष्कर काठमाडौंमा रहेको रेडियो मिर्मिरेका पूर्व अध्यक्ष समेत हुन् ।

शुक्रबार रातिमात्रै मध्य केन्द्रीय कमाण्ड हेमन्तप्रकाश ओली (सुदर्शन)सहित ९ जना काभ्रेबाट पक्राउ परेका थिए। उनीहरुले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको अपराधमा ८ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

सो पार्टीको कोशी ब्युरो अन्तर्गत पर्ने जिल्लाहरु सुनसरी ,भोजपुर ,मोरङ र धनकुटा हुन्।

त्यसभन्दा अघि पनि काठमाडौंबाट विप्लव समूहका केही नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। विप्लव समूहले गराएको बम बिस्फोट ललितपुरमा एक जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए।

त्यस्तै वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष समेत रेहका रोहन गुरुङको बसुन्धरास्थित घरमा पनि शक्तिशाली बम बिस्फोट गराइएको थियो। उक्त विस्फोटको जिम्मा पनि विप्लव समूहले नै लिएकोे थियो।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकता भूमिगत भएका छन्। हतियारसहित देखा परेको अवस्थामा गोली प्रहार गर्न समेत सुरक्षाकर्मीलाई सरकारले आदेश दिइसकेको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved