सुन्दरहरैँचामा माइक्रोको ठक्करबाट बालकको मृत्यु

  • प्रकाशित मितिः चैत्र, 10, 2075
  • पहिलो किताब संवाददाता

उर्लाबारी / मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो । माइक्रोबसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।

दुर्घटनामा माइक्रोबसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएकाले उनको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भइरहेको छ । चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएकाले उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved