नेपाललाई पराजित गर्दै भारत बन्यो पाँचौंपटक साफ च्याम्पियन

  • प्रकाशित मितिः चैत्र, 8, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / नेपाललाई पराजित गर्दै चीर प्रतिद्वन्द्वी भारतले साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा प्रतियोगिता आयोजक देश नेपाल पाहुना टोली भारतसँग १–३ ले स्तब्ध बन्यो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । खेलको २३औं मिनेटमा डालिमा छिब्बरले दर्शनीय फ्रि किक गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिइन् ।


तर, भारतको सो अग्रता धेरैबेर टिक्न सकेन । घरेलु टोली नेपालका लागि खेलको ३३औं मिनेटमा फरवार्ड सावित्रा भण्डारीले बक्सभित्रबाट भारतीय डिफेन्डरलाई दबाबमा राख्दै हेडिङबाट गोल गरेकी थिइन् ।

तर, दोस्रो हाफमा निकै आक्रमक देखिएको पाहुना टोली भारत नेपाली टोलीमाथि हाबी भयो ।

जहाँ ६३औं मिनेटमा ग्रेस डाङमेयीले टोलीका लागि दोस्रो गोल गरिन् । त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि ७८ औं मिनेटमा अञ्जु तामाङले तेस्रो गोल गरेकी हुन् ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल भारतले १–३ ले जित्यो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved