विराटनगर / प्रदेश १ का ८ स्थानीय तह अझै वित्तिय पहुँचविहीन अवस्थामा रहेका छन् ।
बैंक स्थापना र सञ्चालनको वातावरण नदेखिएका उच्च पहाडी, हिमाली र तराईका जिल्लाका स्थानीय तहमा अझैसम्म बैंक खुलेका छैनन् ।
प्रदेश १ का हिमाली, उच्च पहाडी र तराईका ६ जिल्लाका आठ स्थानीय बैंकविहीन रहेका छन् । भौतिक पूर्वाधार र सुरक्षासँगै मुनाफामुखी वित्तिय संरचना सञ्चालनको प्रभाव समेत बैकविहीनताको कारण मानिएको छ ।
प्रदेश १ का संखुवासभा जिल्लाको सिलिचोङ र भोटखोला गाउँपालिका, सोलुखुम्बुको महाथुलुङ्ग गाउँपालिका, ओखलढुंगाको चीसुङगढी गाउँपालिका, उदयपुरको सुनकोशी गाउँपालिका, ताप्लेजुङको मेरिङदेन र मिक्वाखोला गाउँपालिका अझैसम्म बैंकविहीन अवस्था रहेका हुन् ।
हिमाली र पहाडी जिल्ला जस्तै सुनसरीको देवानगञ्ज गाउँपालिका समेत अझै बैंकविहीन अवस्थामा रहेको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरको तथ्यांकमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयका निर्देशक बिनोदराज आचार्यका अनुसार वित्तिय पूर्वाधार हुन आवश्यक संरचना र स्थानीय तहको क्लस्टरसँगै केन्द्रमा देखिएको समस्या समेत बैंक स्थापनाको आधार अभावको रुपमा खट्किएको छ ।
प्रहरीको मजबुत सुरक्षा पोष्ट, प्रशस्त भौतिक पूर्वाधारको विकास भईनसकेको जिल्लाका स्थानीय तहमा निजी क्षेत्रका बैंकहरुले सेवा विस्तारमा झन्झट मान्दै आएका हुन् । पहाडी मात्रै नभई तराई क्षेत्रको जिल्ला सुनसरीको देवानगञ्जमा सुरक्षाको कारण देखाउँदै बैंक स्थापना गर्न वाणिज्य बैंकले आनाकानी गर्दै आएको छन् ।
प्रदेश १ का १३७ स्थानीय तहमध्ये अब १२९ तहमा बैंकका शाखाहरु विस्तार भईसकेको र सेवा प्रवाह सुरु भएको राष्ट्र बैंकको तथ्यांक छ । सबै स्थानीय तहमा बैंक पुगेका आठ जिल्लाहरु मोरङ, झापा, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर, खोटाङ रहेका छन् ।
विराटनगर/ विराटनगर–१४ का सेमानन्द यादवको हत्या ... ... ...
विराटनगर / प्रदेश १ मा तीनवटा संसद अधिवेशन सकिएका ... ... ...
विराटनगर / विराटनगर–९ स्थित एक होटलबाट हतियारसह... ... ...
विराटनगर / कर्जा माग्न गएकी महिला सेवाग्राहीला... ... ...
विराटनगर / मालपोत कार्यालय विराटनगरबाट अढाई करोड ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved