भोलि विराटनगरमा सार्वजनिक बिदा

  • प्रकाशित मितिः फाल्गुन, 13, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन भोली (मंगलबार) सार्वजनिक विदा दिइएको छ । बिराटनगर महानगरपालिकाले नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा पोखरेलेको निधनमा शोकमा मनाउन भोली महानगरभित्र सार्वजनिक बिदा दिइएको हो ।

पोखरेलको आइतबार बिहान साढे एकबजे ८६ वर्षको उमेरमा विराटनगरस्थित आफ्नै निवास निधन भएको थियो ।

लामो समयदेखि काठमाडौँस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराएका थिए ।

उमेरले ८६ पुगेका पोखरेल पछिल्लो समय महाकाव्य प्रकाशनको तयारीमा थिए । रुपारानी महाकाव्य लेखन गरिरहेका पोखरेलले ७५ प्रतिशत लेखिसकेको बताउँदै आएका थिए । सन् १९३३ मा मकवानपुरको चिसापानीगढीमा जन्मिएकाख उनले १३ बर्षको उमेरदेखि साहित्य लेखन सुरु गरेका थिए । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश काव्य गरी पोखरेलका एकसय बढी कृति प्रकाशित छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved