नेताका नामका संस्थालाई बजेट

  • प्रकाशित मितिः मंसिर, 13, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठुलो रकम दिएको छ । यस आर्थिक बर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई ७ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम दिने तयारी गरेको छ । मोरङको उर्लावारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तत्कालीन एमाले नेता भण्डारीका नाममा उर्लावारी प्राविधिक शिक्षालयसमेत सञ्चालन गर्दै आएको छ ।सुनसरीको तरहस्थित सहिद आवसीय विद्यालयका लागि १ करोड ५० लाख रुपैयाँ दिइने भएको छ ।

कान्तिपुर दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved