शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी हिमतालमा बेपत्ता

  • प्रकाशित मितिः श्रावण, 19, 2075
  • पहिलो किताब संवाददाता

सोलुखुम्बु / शैक्षिक भ्रमणमा गएका तिन विध्यार्थी शनिबार बिहान सोलुखुम्बुको खुम्जुङ पासाङ ल्हामुको गोक्यो हिमताल घुम्ने क्रममा डुबेर बेपत्ता भएका छन् । सोलुखुम्वुकै खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीमध्ये तीन जना ताल घुम्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले वेपत्ता विध्यार्थीको खोजीका लागि तिन वटा हेलीकप्टरसहितको टोली सो क्षेत्रमा गएको जानकारी गराएको छ । सो क्षेत्रमा हिमपात र मौसमका कारण हेलिकप्टर पुगेको या नपुगेको विषयमा भने कुनै जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ ।

खुम्जुङ माविमा कक्षा ९ मा अध्ययनरत खुम्जुङका पेम्बा दोर्जे र पेम्बा नुरू तथा नाम्चेका सुनिल बराइली डुबेर बेपत्ता भएको प्रहरीले विध्यालयलाई उदृत गर्दै जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुले वेपत्ता विद्यार्थीको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी नायब निरीक्षक माधव कार्कीको नेतृत्वमा प्रहरी परिचालन गरीसकिएको समेत जानकारी गराएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved