मिस नेपालको अडिसन धरानमा

  • प्रकाशित मितिः माघ, 27, 2074
  • पहिलो किताब संवाददाता

धरान/ नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालको २३ औं संस्करणका लागि शुक्रबार धरानको नवयुग होटलमा अडिसन सम्पन्न भएज्ञको छ ।

५.४ इन्च , प्लस २ पास र १९ देखि २५ वर्ष उमेर पुगेका युवतीले भाग लिन पाउने मिस नेपालको धरान अडिसनका लागि ४ जना अडिसनमा सहभागी थिए । अनुपमा बास्तोला, सन्ध्या भेटवाल, सुम्निमा खापुङ र अनु ढुंगाना सहभागी भएकोमा अनु ढुंगाना मिस पूर्वान्चल २०१७ कि सेकेन्ड रनरअप भएकाले ‘डाइरेक्ट इन्ट्री’ दिइएको छ भने अन्यलाई काठमाडौं अडिसन सम्पन्न गरेपछि प्रस्तुति तथा प्रतिभाको आधारमा अन्तिम २५ जनाको लागि सहभागी गराइने आयोजक हिडेन ट्रेजररका निर्देशक अजय स्थापितले बताए ।

नेपालगंज, वीरगंज, पोखरा, बुटवल, धनगढीमा समेत अडिसन सकिएको मिस नेपालको बिर्तामोड अडिसन आगामी फाल्गुन १ गते हुनेछ भने फाल्गुन ५ गते काठमाडौंमा अन्तिम अडिसन हुनेछ ।

आगामी चैत्र २८ गते काठमाडौंमा मिस नेपालको फिनाले आयोजना हुनेछ । मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ र सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ निर्णायक रहेका थिए ।

त्यस्तै अडिसन अघि मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, मिस पूर्वान्चल २०१६ फस्र्ट रनरअप इक्सा मादेनले धरानको युएन कलेज र केन्द्रीय प्रविधि क्याम्पसमा कलेज क्याम्पेइनमा सहभागी भएका थिए ।

कलेजका विद्यार्थीलाई मिस नेपालका बारेमा जानकारी दिँदै विभिन्न मनोरन्जनात्मक प्रतियोगिता, सेल्फी प्रतियोगिता संचालन गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved