‘पेलेसँग मेस्सीको तुलना हुनै सक्दैन’

  • प्रकाशित मितिः मंसिर, 3, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / फुटबल समर्थकहरूको एक तहले अर्जेन्टिनाका लिओनल मेस्सीलाई फुटबल इतिहासकै सर्वकालीन् महान् खेलाडी मान्छन् । त्यसो त अर्जेन्टिनाभित्रै मेस्सी भने सधैं आलोचित छन् । देशका लागि उपाधि जित्न नसक्दा उनको आलोचना मात्रै भएको छैन, पटक–पटक आफ्नै भूमिमा भएको उनको सालिकसमेत तोडफोड भएको छ । यद्यपि, मेस्सी अझै पनि अर्जेन्टिनी टोलीमा कप्तानी भूमिकामा छन् ।

गत राति मात्रै अर्जेन्टिनाले उरुग्वेसँग २–२ को बराबरी खेल्दा मेस्सीले १ गोलका लागि असिस्ट गर्दै १ गोल पेनाल्टीमार्फत् गरे । सो गोलसँगै उनको अन्तर्राष्ट्रिय गोल ७० पुगेको छ । उनी अब दक्षिण अमेरिकी महादेशबाट ७० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनीभन्दा अघि ब्राजिलका लिजेन्ड पेले ७७ गोलसहित पहिलो स्थानमा छन् ।

मेस्सीले अब मात्रै ७ गोल भए पेलेको सो रेकर्ड बराबरी गर्नेछन् भने ८ गोल भए भंग गर्नेछन् । निकट भविष्यमै मेस्सीले पेलेको सो रेकर्ड भंग गर्नेछन् ।

यसैबीच, ब्राजिलका प्रशिक्षक टिटेले मेस्सीको तुलना ब्राजिलका लिजेन्ड पेलेसँग गर्नु मजाकबाहेक केही नहुने बताएका छन् । उनले पेलेको करिअर र उपलब्धिका छेउमा मेस्सी धेरै तल रहेको बताए ।

मेस्सीका प्रशंसकसमेत रहेका टिटेले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘यसमा पटक्कै विश्वसनियता छैन । पेले अतुलनीय छन् । यदि कसैले कुनै खेलाडीको तुलना पेलेसँग गर्छ भने त्यो भद्दा मजाक हुनेछ ।’

उनले अघि थपे, ‘मानौं कि, कसले पेलेसँग मेस्सीको तुलना गर्दैछ भने मलाई लाग्छ, त्यो मान्छेलाई फुटबलको इतिहास थाहा छैन । वा फुटबल नै जान्दैन ।’

टिटेले मेस्सी एक उत्कृष्ट खेलाडी भए पनि उनी पेलेको स्तरमा नरहेको बताए । ‘उनी एक उत्कृष्ट खेलाडी हुन्, यसमा दुईमत छैन । तर, समग्रतामा हेर्दा उनी पूर्ण छैनन् ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved