भाइटीकाको उत्तम साइत सार्वजनिक

  • प्रकाशित मितिः कार्तिक, 10, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ नेपाल पंचाग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितीले मंगलबार बिहान ११ बजेर ५५ मिनेटको समय भाइटीकाका लागि उत्तम साइत रहेको जानकारी दिएको हो।

यद्यपि भाइटीकाको कार्यक्रमका लागि भने दिनभरको जुनसुकै समय पनि उपयुक्त रहेको समेत समितिले स्मरण गराएको छ।

यसका साथै विभिन्न देशका लागि फरकफरक समय भाइटीकाका लागि उत्तम रहेको समेत निर्धारण गरेको छ।

शनिबार कागतिहारसँगै यमपञ्चक सुरू भएको र भाइटीकासँगै समापन हुनेछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आइतबार एकैदिन परेकाले ४ दिन मात्र तिहार रहेको समितिले बताएको छ।

सोमबार गोवर्द्धन पूजा परेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved