लौकाको जुस पिउनुका फाइदा

  • प्रकाशित मितिः भदौ, 20, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / लौकाको जुस पिउनाले शरीरलाई धेरै फाइदा गर्दछ । तर, हामीलाई लौकाको जुसको बारेमा थाहा नहुनसक्छ ।
लौकालाई प्राय तरकारीको रुपमा प्रयोग गरिन्छ । लौकाको फिक्का स्वादले गर्दा मानिसलाई मननपर्न सक्छ तर यसको फाइदा थाहा पाएपछि यसलाई अस्विकार गर्न सकिदैन ।

जान्नुहोस् यसका केही फाइदाहरु

१. ओजन घटाउन मद्धत गर्छ
लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

२. कब्जियतलाइ आराम गर्छ
लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाई दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।

३.शरीर भित्रको फोहोर सफा गर्ने
लौकाको रसमा ९८.५ पानि र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाई बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री सफा राख्ने काम गर्छ ।

४. शक्तिको लागी
यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् यसले निकै फाइदा पुर्याउँछ । लौकामा कार्बोहाइड्रेट बढी मात्रामा पाइन्छ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउँछ ।

५. पिसाब इन्फेक्सन निको पार्छ
यदी तपाइलाई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ । लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved