​पूर्वमा नक्कली मेकअप सामाग्री छ्यापछ्याप्ती, अनुहार बिग्रनेदेखि एलर्जीको समस्या

  • प्रकाशित मितिः भदौ, 18, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / पूर्वका विभिन्न जिल्लाहरुमा नक्कली मेकअप सामाग्रीहरु छ्याप्छ्याप्ती पाइने गरेका छन् । यस्ता सामाग्री नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदिँदा मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेको छ ।

उदयपुरको सदरमुकाम गाईघाटलगायत ग्रामीण बजारमा बिक्री गरिने खाद्य, कपडा, तेलमसाल, शृंगार सामग्रीलगायत नक्कलीले कव्जा जमाएको छ ।

बजार बिक्री गरिने दैनिक उपभोग्य वस्तुसँगै साबुन, स्याम्पु, क्रिम, नङपोलिस, पाउडरलगायत बस्तु नक्कली पाइन्छ । बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने सामग्री जस्तै देखिने नक्कली शृंगारका सामग्रीले सर्वसाधारण ठगिँदै आएका हुन् ।

नक्कली वस्तुको प्रयोगले कपाल झर्ने, अनुहारमा विभिन्न किसिमका घाउखटिरा आउने र शरीर चिलाउने समस्या देखिने गरेको छ । नक्कली सामग्रीले कुरुप हुने गरी अनुहार बिग्रिँदा किशोरीमा मानसिक समस्या समेत उत्पन्न हुने गरेको छ । नक्कली क्रिमको प्रयोगले किशोरीहरूको अनुहारको रूपै बिग्रिँदा समस्यामा परेको व्युटिसियन कल्पना दाहालले बताइन् ।

पार्लरमा आउनेमध्ये ७५ प्रतिशतले क्रिमको कारण अनुहार बिग्रिएको गुनासो गर्ने गरेको उनले बताइन् ।

बजारमा महिलाले प्रयोग गर्ने लेक्मे, गार्नियर, फेयरएन्ड लब्ली, भ्यासलिन नक्कली भएको उपभोक्ताले गुनासो गर्ने गरेको दाहाल बताउँछिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved