धरानमा मिस प्लस टु को तयारी तिव्र

  • प्रकाशित मितिः भदौ, 3, 2075
  • पहिलो किताब संवाददाता

धरान / प्रत्येक वर्ष कक्षा ११ र १२ का छात्राहरुको लागि लक्षित गरि सञ्चालन हुँदै आएको मिस प्लस टु २०१८ को धरानमा तयारी तीव्र पारिएको छ ।

विद्यार्थीहरुमा भएको क्षमता अभिवृद्धि तथा पहिचान र अवसर प्रदानका लागि विग इभेन्ट नेपालको आयोजनामा हुन लागोको मिस प्लस टु २०१८ को तयारी तीव्र पारिएको हो ।

मिस प्लस टुको दोस्रो सिजनको पहिलो अडिसन यहि भाद्र ९ गते शनिवार धरान ९ स्थित हाङ्गकुक साराङ्ग कोरियन रेष्टुरेण्टमा हुदैछ । अडिसन वाट छनौट भएकाहरुलाई महिला शसक्तिकरण तथा महिला अधिकार कक्षा, उद्घोषकला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वस्थ्य, समस्या र समाधान कक्षा, आधारभूत पत्रकारिता र पर्यटन पर्वद्धन कक्षा, टेवल शिष्टाचार, र्याम्प वक कक्षा, सौन्दर्य कला तालिम, नृत्यकला तालिम लगायत विषयमा सम्वन्धीत विज्ञहरु वाट करिव तिन हप्ता वन्द प्रशिक्षणमा राखेर आसोज १३ गते धरान ८ स्थित सभागृहमा ग्राण्ड फिनाले हुने विग इभेन्टका डाइरेक्टर प्रेम शाक्यले बताएका छन् ।

यसका लागी विग इभेन्ट नेपालका डाइरेक्टर तथा डिजे ललित राईको कोरियोग्राफि रहन भएको छ ।यस सिजनका विजेताले पुरस्कार स्वरुप नगद रु ४५ हजार रुपैया, फस्ट रनरअपले २५ हजार रुपैया र सेकेन्ड रनरअपले १५ हजार रुपैयाँ र क्रमशः तिनै जना विजेता तथा उपविजेताले ट्रफि, क्राउन, गिफ्ट ह्याम्पर र निशुल्क छात्रावृत्ति प्राप्त गर्नेछन् ।

त्यस्तै गरि व्यक्तिगत टाइटल उपाधिमा मिस ट्यालेन्ट, मिस व्युटिफुल, मिस फ्रेन्डशीप, मिस वेस्ट वक, मिस स्माइल, मिस पर्सनालिटी, मिस वेस्ट डे«स, मिस फोटोजेनिक र मिस डिसिप्लीन उपाधि रहेको छ । टाइटल उपाधि विजेताहरुलाई ट्रफि र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

मिस प्लस टु, दोस्रो सिजन कलेज क्याम्पिनमा विग इभेन्टका प्रेसिडेन्ट सन्तोष राई, इभेन्टका आर्थिक विभाग प्रमुख शालिक सतासक, इभेन्टका डाइरेक्टर प्रेमराज शाक्य, मिस प्लस टु २०१७ कि सहभागि तथा मोडल सुनिता रसाइली लगायतको उपस्थिति रहेको थियो । धरान १८ स्थित डिपो क्याम्पस र धरान १२ स्थित एम्स एकेडेमिमा भएको पहिलो चरणको क्याम्पियन पछि आइताबार थप कलेजमा जाने अयोजकले जनाएका छन् ।

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved