नेपाल लगातार दोस्रो खेलमा पराजित

  • प्रकाशित मितिः श्रावण, 31, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / नेपाली फुटवल टिम लगातार दोस्रो खेलमा पराजित भएपछि नेपाली फुटवल टिमको अन्तिम १६ मा पुग्ने वाटो समेत कठिन बनेको छ । समूह ‘डी’अन्तरगत बिहीबार साँझ भियतनामसँग भएको खेलमा नेपाल २–० ले पराजित भएसँगै त्यो वाटो पनि बन्द भएको हो । भियतनामसँगको पराजय सँगै नपाली फुटवल टिमले लगातार दोस्रो पटक हार व्यहोरेको हो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल जापानसँग पराजित भएको थियो।

नेपाललाई पराजित गरेसँगै भियतनामले पहिलो खेलमा पाकिस्तानलाई ३–० ले हराएकाले अन्तिम १६ मा स्थान पक्का गरेको छ। जापान पनि दोस्रो खेलमा पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगेको छ ।

भियतानामका नागायन एन डक र फान भान डुकले १–१ गोल गरेका थिए। पहिलो खेलमा जापानसँग १–० गोलअन्तरले पराजित भएको नेपाल भियतनाम सँगको पराजय सँगै समुहमा अंकविहीन बन्न पुगेको छ ।

प्रतियोगितामा सबै ६ समूहका शीर्ष दुई टोली सोझै नकआउट चरण पुग्छन भने तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ पुग्ने व्यवस्था छ। अब नेपालले अन्तिम खेलमा शनिबार दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध उत्कृष्ट नतिजा निकालेमा तेस्रो स्थानमा रहँदै प्रि क्वार्टरफाइनलमा स्थान बनाउने झिनो सम्भावना छ।

नेपाली फुटवल टिममा अभिषेक रिजाल, आदित्य चौधरी, एलेन न्यौपाने, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, सोजित गुरुङ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन्।

भदौमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप तथा फागुनमा काठमाडौंमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि नेपालले एसियाली खेलकुदमा सहभागिता जनाएको एन्फाले जानकारी गराएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved